• Friday 30th of October 2026

प्रदर्शनकारीलाई हटाउन तीनकुनेमा पानीको फोहोरा प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ ।

ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले रोकेको हो ।

पुर्वराजाका समर्थकहरूलाई बानेश्वरतिर जानबाट रोक्न अश्रुग्याँस र लाठी पनि प्रहार गरिएको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् ।

झडपमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖