• Friday 30th of October 2026

दुर्गा प्रसाईं सवार गाडी तोडफोड


  • धनकुटा खबर
  • .

काठमाडौं । राजावादीहरूको संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंको गाडी तोडफोड गरिएको छ।

राजावादीको प्रदर्शन स्थल तीनकुनेमा प्रसाईंको बागमती ०२७ च ३६४७ नम्बरको गाडी तोडफोड गरिएको हो। निषेधित क्षेत्रतर्फ अगाडि बढेपछि गाडि तोडफोड भएको हो।

राजावादीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।

राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेकाहरूमाथि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

पानीको फोहोरा प्रहार गरेसँगै तीन कुने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖