• Friday 30th of October 2026

तीनकुने क्षेत्रमा सेना परिचालन


  • धनकुटा खबर
  • .

काठमाडौँको तीनकुनेमा सेना पठाइएको छ। जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले तनावग्रस्त तीनकुने क्षेत्रमा सेना पठाइएको जानकारी दिए।

तीनकुने क्षेत्रमा आज राजावादीले प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र हुँदा तीनकुने क्षेत्रमा व्यक्तिका घर र कार्यालयहरूमा आगजानी र तोडफोड भएको छ।

कर्फ्यु आदेश जारी भएसँगै जिल्ला सुरक्षा समितिको बैठकले सेना खटाउने निर्णय गरेको हो।

काठमाडौँ प्रशासनले गौशालादेखि विमानस्थल, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर क्षेत्र, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, बानेश्वरचोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरेको छ।

कर्फ्यु अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्मलाई आदेश जारी भएको प्रशासनले जनाएको छ।

त्यस्तै प्रशासनले यस अवधिमा यी क्षेत्र आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन बैठक र घेराउ गर्न नपाउने बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖