काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले आज अपराह्न ४:२५ बजेबाट राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
सुरक्षाकर्मीको तैनाथी बढाइएपछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रदर्शनका क्रममा तोडफोड, झडप र आगजनी भएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ, जसमा कर्फ्यु आदेशको समीक्षा र सुरक्षा रणनीति तय गरिएको छ।
उपत्यका प्रहरीले आवश्यक परे गोली चलाउन सक्ने आदेश पाएको छ।
