नेकपा एमालेको पार्टी कार्यालयनजिकै प्रदर्शनकारीले ट्याक्सी जलाएका छन्। तीनकुनेबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीले ट्याक्सी जलाएका हुन्।
प्रदर्शनकारीले तीनकुने क्षेत्र, कोटेश्वर क्षेत्रमा आगजानी र तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय रहेको प्रहरीको गाडीमा पनि आगजनी गरेका छन्।
तीनकुने क्षेत्र अवस्था नियन्त्रणबाहिर गएपछि कर्फ्यु लगाएर सेना परिचालन गरिएको छ।
