प्रहरीले पक्राउ गर्न खोजेपछि राजावादी आन्दोलनका ‘जनकमान्डर’दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन्।
उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन। उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ।
प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। तर उनि अहिले सम्म फेला परेका छैनन्।
