• Friday 30th of October 2026

दुर्गा प्रसाइँको चेतावनी- म थुनिएर आन्दोलन रोकिदैन, जहाँ बेलाउँछौ त्यहीँ आउँछु


  • धनकुटा खबर
  • .

काठमाडौं- राजसंस्था पुनस्र्थापनका लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले आफु पक्राउ परेर आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

आफुलाई पक्राउ गर्ने सूचना पाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफु थुनिएपनि यो आन्दोलन नरोनिे चेतावनी दिएका हुन् । साथै उनले आफुलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’

उनले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको बताएका छन् । आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न भएको उनको आरोप छ ।

‘हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपुर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?’ उनले लेखेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रिय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ ।’

आज दिउँसो तिनकुनेमा राजावादीको प्रदर्शनका क्रममा स्वयम् दुर्गा प्रसाईले सुरक्षाकर्मीमाथि गाडी चलाउँदै निषेधित क्षेत्र तोडेपछि स्थिती तनावग्रस्त बनेको थियो । त्यसपछि राजावादीको आन्दोलन विथोलिएपछि प्रसाईं तिनकुनेमा आयोजित सभालाई सम्बोधन नगरी त्यहाँबाट बाहिरिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖