• Friday 30th of October 2026

प्रहरीलाई प्रसाईंले दिए यस्तो चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौं । राजसंस्था पुनस्थापना लागि जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले प्रहरीलाई चुनौती दिँदै आफू जहाँ बोलायो त्यहीँ आउन तयार रहेको बताएका छन् ।

शुक्रबार दिउँसो राजावादी समर्थकको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ ।

तर, प्रसाईंले सामाजिक सञ्जाल फेसबुकबाटै आफू जहाँ बोलाए पनि आउन तयार रहेको बताएका छन् ।

तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले प्रसाईंको खोजी थालेको छ । प्रसाईं भने आन्दोलनले चर्को रुप लिन थालेपछि प्रहरीलाई नै पेल्दै गाडी चलाएर भागेका थिए ।

‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,’ प्रसाईंले भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖