• Friday 30th of October 2026

पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत


  • धनकुटा खबर
  • .

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत भएका छन्।

पुनलाई चैत १९ र २० गते बसेको पदाधिकारी बैठकले उपाध्यक्ष मनोनीत गरेको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए।
पुन पार्टीको पदाधिकारी बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए।

‘उहाँ पार्टी बैठकहरूमा पनि सहभागी हुँदै आउनुभएको थियो। पछिल्लो बैठकले उहाँलाई उपाध्यक्षको जिम्मेवारी दिने निर्णय भएको छ,’ महासचिव गुरूङले सेतोपाटीसँग भने।

उनलाई स्थायी समिति सदस्य र केन्द्रीय सदस्य पनि सोही बैठकले मनोनीत गरेको छ।

पदाधिकारी बन्न स्थायी कमिटी सदस्य र स्थायी कमिटी सदस्य बन्न केन्द्रीय सदस्य हुनुपर्ने भएकाले पुनलाई स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यमा पनि मनोनीत गरिएको महासचिव गुरूङले जानकारी दिए।

पुन विद्या भण्डारी राष्ट्रपति रहेका बेला दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖