• Friday 30th of October 2026

रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । सामाजिक सञ्जाल पेज रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ ।

कानुनका विद्यार्थी विवेक चौधरीले २०८१ फागुन १४ गते रुटिन अफ नेपाल बन्दसँग सूचना माग गरेका थिए ।

तर उक्त पेज सञ्चालकले सूचना दिएनन् । त्यसपछि चौधरीले उक्त पेजको कार्यालयका प्रमुखलाई पनि उजुरी गर्दै सूचना माग गरेका थिए ।

तथापि, सूचना उपलब्ध नगराएको भन्दै चौधरीले आयोगमा माग बमोजिम सूचना उपलब्ध नगराउने सूचना अधिकारी र कार्यालय प्रमुखलाई कारबाहीको माग गर्दै पुनरावेदन गरेका थिए ।

उक्त पुनरावेदन पत्रपछि आयोगले रूटिन अफ नेपाल बन्दलाई आयोगले लिखित जवाफ गर्न आदेश जारी गरेको हो ।

आयोगले सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्ने कुनै कारण भए सोको आधार र प्रमाणसहित ७ दिनभित्र आयोगसमक्ष पेस लिखित जवाफ पेस गर्न आयोगले आदेश गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖