• Friday 30th of October 2026

राजा फ्याँकेको दिन ‘विजय उत्सव’ मनाउन प्रधानमन्त्री ओलीको आग्रह, एमालेले ४० वर्षमुनिका एक लाख युवा उतार्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा ‘विजय उत्सव’ मनाउन आग्रह गरेका छन् । २०६३ साल वैशाख ११ गते तत्कालीन राजालाई पराजीत गराएर देशमा लोकतन्त्र स्थापना भएको दिन उत्सवको रुपमा मनाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज (बिहीबार) नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै भने, ‘जनतालाई फेरि रैती बनाएको थियो, हिजाअस्तीसम्म । २०६३ साल वैशाख ११ गते त्यसलाई पराजीत गरेर, विघटित संसद् पुनर्स्थापना गरेर, जनताको आधिकार जनतामा ल्याएर हामीले विजय हासिल गरेको दिन हो । वैशाख ११, त्यस दिन हामीले युवा महोत्सवको रुपमा, विजय दिवसको रुपमा, विजय उत्सवको रुपमा काठमाडौंमा युवा महोत्सव मनाउँदै छौं ।’

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले वैशाख ११ गतेको युवा उत्सव मनाउने निर्णय गरिसकेको छ । शक्ति प्रदर्शनलाई ऐतिहासिक बनाउने एमालेको तयारी रहेको छ । काठमाडौंमा हुने उक्त शक्ति प्रदर्शनमा ४० वर्ष नकटेका १ लाख युवाहरूलाई सहभागी गराइने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖