• Friday 30th of October 2026

तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस् :कमल थापा


  • धनकुटा खबर
  • .

पोखरा, ४ बैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।
 
पक्राउ परेकाहरु कुनै अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा हुनुपर्ने बताएका हुन् । 
 
बरु परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गर्ने डा.धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारी लगायतका नेताहरूको रिहाई हुनुपर्ने थापाको जिकिर छ । 
 
यसरी पक्राउ परेकाहरुको रिहाईको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरुलाई भेट गर्दै थापाले यस्तो धारणा ब्यक्त गरेका छन् ।
 
उनले थपे  ‘अनसन बसेका राष्ट्रवादी साथीहरूप्रति एक्यवद्धता जनाउन आज हामी पोखरा आईपुगेका छौ  ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖