काठमाडौं, ६ वैशाख । राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवहाक संयोजक जगमान गुरुङले यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले घोषणा भएकै दिन गणतन्त्रको अन्त्य हुने बताएका हुन् ।
‘कुनै मान्छे मर्न पर्यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा जेठको १५ गते भयो । यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ,’– उनले भने ।
