• Monday 5th of October 2026

क्रिस्टियानो रोनाल्डोका छोरा पोर्चुगाली उमेर समूह टिममा


  • धनकुटा खबर
  • .

काठमाडौं : पोर्चुगेली स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा जुनियर क्रिस्टियानो रोनाल्डोलाई पहिलो पटक पोर्चुगलको यू-१५ टिममा समावेश गरिएको छ।

१४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबासँग अरबको अल नासरमा रहेका छन्। २०२२ मा प्रो लिग क्लबका लागि अरब प्रस्थान गरेका थिए।

पोर्चुगलका ४० वर्षीय स्टार खेलाडी रोनाल्डोले आफ्नो छोराको नाम पोर्चुगलको टिममा परेपश्चात सामाजिक सञ्जाल छोरासँगको फोटो सार्वजनिक गर्दै ‘तीमीप्रति गर्व छ छोरा’ भन्ने क्याप्सन लेखेका थिए।

पाँच पटक वालोन डी’ओर उपाधि जितेका रोनाल्डोका छोराले आफ्नो बुबाको पथ पछ्याउन लागेका हुन्।

रानाल्डो जुनियरको फुटबल करिअर

आफ्नो बुबाको फुटबल करिअरसँगै उनको करिअर पनि त्यसैको सेरोफेरो नाचीरह्यो। उनले रियल म्याड्रिड, युभेन्टस, म्यानचेस्टर युनाइटेड र हाल अल नासरको एकेडेमीमा फुटबलको प्रशिक्षण लिइरहेका छन्।

उनले बुबाको फुटबल यात्रासँगै आफ्नो करिअरलाई अगाडि बढाइरहे।

उनले युवा टिममा रहेर खेलहरु खेलेका थिए। उनले अल नासरको लागि खेल्दा आफ्नो बुबा सिनियर रोनाल्डोको ‘सिउ’वाला सेलिब्रेसन गर्दा उनी निकै चर्चामा आएका थिए।

हाल पहिलो पटक पोचुगेली टिमका लागि बोलाइए पनि उनले आफू जन्मिएको राष्ट्र संयुक्त राज्य अमेरिका र स्पेनमा पनि रहेर फुटबल खेल्न पाउनेछन्। उनको जन्मको समय रोनाल्डो रियल म्याड्रिडमा रहेर फुटबल खेलिरहेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖