कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पृथ्वीनारायण शाहप्रति दिएको अपमानजनक अभिव्यक्तिको भत्सना गर्दै पार्टी सभापति शेरबहादुर देउवासँग सरकारलाई दिएको समर्थन फिर्ता गर्न माग गरेका छन्।
भण्डारीले भने, “स्वयं ह’त्यामा दोषी करार ब्यक्तिले राष्ट्र निर्मातालाई अपमान गर्नु दुःखद हो। अब कांग्रेससँग दुई बाटा छन्, पृथ्वीनारायणको नेतृत्वमा बनेको राष्ट्रप्रति समर्पित हुने वा ओलीको झोला बोक्ने।”
उनले देउवालाई ओलीसँग तत्काल स्पष्टीकरण माग्न र समर्थन फिर्ता लिन माग गरेका छन् ।
