• Wednesday 28th of October 2026

प्रचण्डलाई प्रश्न गर्न खोज्दा पक्राउ परेर केही समयपछि छुटेका युवा जनार्दन अधिकारी के भन्छन् ?


  • धनकुटा खबर
  • .

हिजो नुवाकोटमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई प्रश्न गर्न खोज्दा पक्राउ परेर केही समयपछि छुटेका युवा जनार्दन अधिकारी भन्छन् –

“आज मैले जुन किसिमको बर्बरता सहनुपर्‍यो त्यो लोकतन्त्रको नै उपहास हुनेगरी भएको क्रु’र तानाशाही बर्बरता थियो। मैले आम नागरिकको हैसियतले सोध्न खोजेको प्रश्न माओवादीले बुर्जुवा शिक्षा भन्दै पाठ्यक्रमबाट संस्कृत विषय हटाउनुभयो, के गणतन्त्र नेपालपछि तामाङ भाषा, मैथिली भाषा ,गुरुङ भाषा, नेवारी भाषालगायत अन्य कुनै भाषा पाठ्यक्रममा समावेश गरियो त ?

आज यी भाषाहरू लोप हुँदैछन् । हिजो जसले बोर्डिङ ज’लायो उसैका कार्यकर्ताहरू करोडौं लगानी गरेर बोर्डिङ खोल्दैछन् ।

के यसले भोलि माओवादी नेतृत्वमा पुग्दा सरकारी विद्यालयको हक हितको लागि काम गर्छ कि, आफ्नो कार्यकर्ताको निजी विद्यालयलाई सहयोग पुग्ने गरी काम गर्छ?”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖