• Wednesday 28th of October 2026

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्दैनः माओवादी नेता सापकोटा


  • धनकुटा खबर
  • .

काठमाडौं, २० चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरोध कायमै रहने बताएका छन् ।

आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘हाम्रो दलको तर्फबाट गृहमन्त्रीले राजीनामा नदिँदासम्म संसद् चल्न नदिने भन्ने हामीले निर्णय गरेका छौं ।’

अध्यागमन विभागमा अख्यितारले छापा हान्दैछ भन्ने थाहा पाएपछि गृहमन्त्री लेखकले तत्कालीन प्रमुख भट्टराई गृहमन्त्रालयमा सरुवा गरेको नेता सापकोटाको दाबी छ । उनले राजनीतिक नेतृत्व इमानदार नहुँदासम्म देशमा सुशासन कायम हुन नसक्ने भएकाले अहिले लेखकले पदबाट राजीनामा दिएर छानविनमा सघाउनुको विकल्प नरहेको बताएका हुन् । नेता सापकोटाले गृहमन्त्री लेखकलाई क्लिन चिट लिएर फरि पदमा फर्किन सुझाव दिए ।

‘मुलुकमा सबैभन्दा डरलाग्दो कुरा भनेको कुशासन हो । यहाँ सुशासन कायम हुन सकने । यसमा राजनीतिक नेतृत्व ज्यादा जिम्मेवार छ । त्यसैले नेतृत्व इमानदार नहुँदासम्म सुशासनको स्थिति कायम गर्न सकिँदैन । सुशासन कायम नहुँदासम्म समृद्धि र समाजवादको दिशातिर जान सकिँदैन । नेपाली जनतालाई आशावादी बनाउन सकिँदैन ।’ उनले भने, ‘माननीय गृहमन्त्रीसँग जोडिएर पछिल्लो भिजिट भिसा प्रकरण आयो । यसmले गम्भीर प्रकारको शंका उत्पन्न भएको छ ।

राजीनामा दिनुभनेको स्वयं गृहमन्त्रीज्यूको लागि पनि यो फाइदाजनक छ । उहाँले मार्ग प्रशस्त गरिदिने, सत्यतथ्य छानविन गर्ने र छानविनको आधारमा उहाँले क्लिन चिट पाउनुभयो भने फेरि आए भयो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖