• Wednesday 28th of October 2026

राजावादी समूहको नयाँ रणनीति : राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आन्दोलनको नयाँ रणनीति तय गरेको छ ।

बुधबार संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी आन्दोलन गरिने बताएको हो ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँदेखि देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्ने निर्णय गरिएको छ ।

संयुक्त जनआन्दोलन समितिले काठमाडौँ उपत्यकाका विभिन्न पालिकामा विरोध प्रदर्शनको निरन्तरता दिने, प्रमुख सहरहरूमा सभा, जुलुस,आन्दोलनलाई थप प्रभावकारी र उपस्थिति बढाउने उद्देश्यले स्थानीय तहसम्म समिति विस्तार गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, जिल्ला स्तरमा पूर्व राजा समर्थक र राष्ट्रवादी युवाहरूको समूह निर्माण गर्ने र विभिन्न जिल्लामा आन्दोलनमूलक कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖