• Wednesday 28th of October 2026

अख्तियारले एमालेका नेतालाई पनि छोडेन


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै उनका तत्कालिन कानुनमन्त्री प्रेमबहादुर सिंहविरुद्ध पतञ्जलीलाई काभ्रेको ८१५ रोपनी सरकारी जग्गा सट्टापट्टा गरी सस्तोमा उपलब्ध गराएको अभियोगमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सिंहमाथि मात्र साढे १८ करोड बिगो माग गरिएको छ। २०६६ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद् निर्णयमा कानुनमन्त्रीका रूपमा सिंहले समर्थन गरेका थिए। सिंह समाजवादी जनता पार्टीका अध्यक्ष थिए।

उनी २०७३ मा प्रचण्ड सरकारमा खानेपानी मन्त्री बनेका थिए र २०७८ चैत ८ गते नेकपा एमालेमा प्रवेश गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖