• Wednesday 28th of October 2026

पत्रकारलाई दुर्व्यवहार गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापाको आलोचना


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारलाई दुर्व्यवहार गरेका छन् ।

भ्रष्टाचारको मुद्दा लागेपछि माधव नेपाललाई कानूनी परामर्श दिएर निस्किने क्रममा उनले नेपाल प्रेसकर्मी उमेश कार्कीलाई अधिवक्ता थापाले दुर्व्यवहार गरेका हुन् ।

फोटो पत्रकार कार्कीले थापा बाहिरिँदै गरेको तस्विर तथा भिडियो सामाग्री संकलन गर्ने क्रममा थापाले क्यामेरामा हातपात गरेका हुन् ।

सो क्रममा समाचार संकलनको लागि उपस्थित् पत्रकारहरुले थापाको हर्कतको निन्दा गरेका थिए । अहिले सञ्जालमा थापाको तिव्र आलोचना भैरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖