देशमा बढ्दो भ्रष्टाचार, राजनीतिक अस्थिरता, अराजकता र बेरोजगारीका कारण वाक्कदिक्क भएर नेपालीहरू स्थायी रूपमा विदेश बसाइँ सर्न थालेका छन्।
सरकारी तथ्यांकअनुसार पछिल्ला दुई वर्षमा १ लाख ३७ हजार नेपालीले स्थायीरूपमा देश छाडेका छन्।
अध्यागमन कार्यालयका अनुसार तीमध्ये महिलाको संख्या पुरुषभन्दा बढी छ।