२०८४ को चुनावका लागि रास्वपाका दुई सांसद सुमना श्रेष्ठ र डा.तोशिमा कार्कीको अपिल –
८४ मा चैने देश फर्कनुस् । बिदा बचाउनुस् , पैसा बचाउनुस् । हामीलाई ३६ हजार भन्दा बढी जनप्रतिनिधि चाहिन्छ, कि उठ्नुस् कि उठ्नेलाई सहयोग गर्नुस् , मतदान त गर्नै आउनुस् । – सुमना श्रेष्ठ
राजनीति फोहोरी भएको चाहिँ सज्जन मान्छेहरू राजनीतिभन्दा टाढा बसेर हो । यदि तपाईं सज्जन हुनुहुन्छ, इमानदार हुनुहुन्छ, देशलाई माया गर्नुहुन्छ भने तपाईं राजनीतिमा आउनैपर्छ, आउनुस् सँगै मिलेर देश बनाऔं । – डा.तोशिमा कार्की
