साम्पाङ भन्छन् – “त्यस्तो कुनै Virtual meeting नबसेको सबैलाई जानकारी गराउँदछु !
भण्डारी भन्छन् – “कुरा भएकै हो सबै जोडिएकै हो ,खोज्न चाहेमा मिडियाले निकाल्न सक्छ ।
अमेरिका निवासी लोकगायक भगवान भण्डारीले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई रास्वपामा समावेश गर्नेबारे छलफल भएको दाबी गरेका छन्।
अघिल्लो स्टाटसप्रति आशंका भएपछि उनले स्पष्टीकरण दिँदै, बालेन, हर्कसहित २० जनाको भर्चुअल बैठक सुमना श्रेष्ठको संयोजनमा बसेको र रास्वपाकै अर्को नाममा नयाँ पार्टी बनाउने सहमति भएको बताएका छन्।
यश बिषयमा मेयर हर्क साम्पाङ लेख्छन् : हर्क बालेन सहित नयाँ पार्टी खोल्न २० जनाको सहमति भएको भन्ने असत्य खबरले बजार पिटेको रैछ ! त्यस्तो कुनै Virtual meeting नबसेको सबैलाई जानकारी गराउँदछु !
र यसै बिषयमा भगवान भण्डारी पुन: लेख्छन् – “कुरा भएकै हो सबै जोडिएकै हो ,खोज्न चाहेमा मिडियाले निकाल्न सक्छ । मेरो एउटा मात्रै त्रूटी के भयो भने पार्टीको नाम नयाँ राख्ने भन्ने कुरा प्रष्ट भएन , केहि साथीहरू असहमत भएकोले रास्वपाकै अर्को नाम राख्न खोजेको हो, नयाँ पार्टी जन्माउन खोजेको हैन।
मेरो लेखाईमा अस्पष्टता भएकोमा माफि चाहन्छु । फेरि प्रष्ट पार्न चाहन्छु, रास्वपामै बालेन , हर्क गोपीजीहरू समाहित गर्दा नाम फेर्ने प्रस्ताव मात्र आएको हो । केही मिडियाहरूलाई ग्रूप कलको प्रमाण पनि पठाएको छु ।”
– यश बिषयमा मेयर बालेन शाह र रास्वपा सांसद सुमना श्रेष्ठको भने केही प्रतिक्रिया आएको छैन ।
