• Wednesday 28th of October 2026

प्रकाशमान सिंहलाई अँध्यारोमान भन्दै महावीर पुनले लेखे यस्तो स्टाटस्


  • धनकुटा खबर
  • .

आफ्नो पिता गणेशमान सिंहको नाममा पार्क बनाउन करोडौं बजेट छुट्याएका मन्त्री प्रकाशमान सिंहलाई अँध्यारोमान भन्दै महावीर पुनले लेखे स्टाटस् –

“अँध्यारोमान ज्यू, तपाँईले तपाँईकै स्वर्गीय बुबाको स्मृति लामो समय सम्म रहोस् भनेर मन्त्रीको हैसियतले बुद्धिमा बिर्को लागेर १५ वटा पार्कहरु बनाउनको लागि मात्र करिब २८ करोड रुपैयाँ छुट्याउनु भएछ।

ति पार्कहरु बनाउनुको सट्टा प्रतिभाशाली र सृजनशिल युवाहरुको लागि तपाईकै बुबाको नाममा एउटा अत्याधुनिक नवप्रवर्तन केन्द्र खोल्ने बुद्धि आएको भए सुनमा सुगन्ध हुने थियो। त्यसैले रीसको झोंकमा तपाईको नाम “प्रकाश” अनुसारको काम नभएकोले “अँध्यारो” भनेर नाम राखिदिँए। तपाई र म अमृत साइन्स कलेजमा सँगै पढेका थियौं ।

साथीलाई यत्ति भनें ल । माफ गर्नुहोला ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖