भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गर्दै आएको संसद खुलाउन प्रतिपक्षी दल माओवादी केन्द्रले सत्तापक्षसँग सहमति गरेपछि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले माओवादी जस्तो जिम्मेवार दलले गम्भीर विषयमा लापरवाही देखाएको भन्दै “उधारो सहमति” गरेको आरोप लगाएका छन्।
उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयाम बोकेको मुद्दामा गम्भीर नहुनु दुःखद हो। वाग्लेले यो विषयमा अब निरन्तर संघर्ष हुने बताउँदै कुनै स्पष्ट समयसीमा वा कार्यादेश (TOR) नतोकिनु आफैंमा आपत्तिजनक भएको बताएका छन् ।
उनले गृहमन्त्री मातहतका विभागहरू यस प्रकरणमा संलग्न रहेको र विषयलाई जनस्तरसम्म लैजाने चेतावनी दिँदै आफूहरू नयाँ भएपनि बेकुफ नभएको बताएका छन् ।
