काठमाडौँ । नेकपा एमालेका सांसद दामोदर अर्यालले सभामुखको आसनअगाडि रास्वपाका सांसदहरू जुत्ता चप्पल खोलेर विरोध गर्नु संसदीय मर्यादा विपरीत भएको बताएका छन् ।
उनले सोमबारको प्रतिनिधिसभा बैठक चलिरहेका बेला रास्वपा सांसदहरू जुत्ता चप्पल खोलेर बसेपछि नियम २६ नियमापत्ति गरेका हुन् ।
‘संसदमा संसदीय मर्यादा कायम गर्नुपर्दछ र कसैले विरोध गर्नुपर्यो भने उभिएर विरोध गर्ने परम्परा र व्यवस्था छ’, अर्यालले नियमापत्ति जनाउँदै भने, ‘तर सभामुखको आसनतर्फ जुत्ता चप्पल खोलेर, ध्यान गरेजस्तो गरेर विरोध गर्ने संसदीय मर्यादा भएन ।
त्यसैले संसदीय मर्यादा कायम गर्न म सम्माननीय सभामुखको ध्यानाकर्षण गराउँछु ।’
