• Wednesday 28th of October 2026

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं, २ असार । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बारेमा उनले तयार पारेको सामाग्रीलाई लिएर पाठकविरुद्ध पक्राउ पुर्जी जारी .भएको थियो ।

पक्राउ पुर्जीको विरुद्धमा पाठक निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले उनलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

साथै, उच्च अदालतले अन्तरिम आदेशको लागि विपक्षीहरुलाई छलफलमा समेत बोलाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖