• Wednesday 28th of October 2026

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा.खगेन्द्र सुवेदी सचिवमा बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री स्पेन भ्रमण स्वीकृत गरेको हो । यही असार १४ देखि २० गतेसम्मको प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको एक मन्त्रीले बताए ।

संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

त्यस्तै सहसचिव डा.खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको ती मन्त्रीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖