• Wednesday 28th of October 2026

फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर श्रेष्ठको गृहमन्त्रीसँग भेट


  • धनकुटा खबर
  • .

काठमाडौं– स्वास्थ्यकर्मी डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनी मंगलबार भैंसेपाटीस्थित मन्त्री निवास पुगेर मन्त्री लेखकलाई भेटेका हुन्।

श्रोतका अनुसार भेटमा श्रेष्ठले आफ्नो कार्यक्षेत्रमा भोग्नुपरेको प्रशासनिक अन्याय, दबाब र असहयोगबारे गुनासो पोखेका थिए। जवाफमा गृहमन्त्री लेखकले जस्तोसुकै कठिन परिस्थिति आए पनि आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका छन्।

डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यरत छन्। उनले सामाजिक सञ्जालमार्फत ‘अलबिदा’ लेख्दै आत्महत्या गर्न लागेको आशयको पोस्ट गरेपछि सोमबार बिहानदेखि सम्पर्कविहीन थिए।

प्रहरीले उनलाई त्यसपछि बालाजु क्षेत्रबाट सकुशल फेला पारेको थियो।

श्रेष्ठ दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा कार्यरत थिए। तर जेठको अन्तिम साता उनी हेटौँडा सरुवा भएका थिए। फेसबुक पोस्टमार्फत उनले रामेछाप अस्पतालमै आफूले अमानवीय व्यवहार र अन्याय भोग्नुपरेको दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖