• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भेटघाट गर्न गएकी प्रेमिकाले प्रेमीमाथि छुरा प्रहार गरेपछि….


  • धनकुटा खबर
  • .

सिरहा । सिराहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेकी किशोरीले प्रेमीमाथि छुरा प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

गोलबजार नगरपालिका-१३ दुर्गापुरका २४ वर्षीय अशोककुमार महतोलाई घाँटीमा प्रेमिकाले छुरा प्रहार गरेको बुझिएको छ ।

घाइते महतोको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको छ, र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार, गोलबजार-२ की १७ वर्षीय किशोरीले छुरा प्रहार गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिने क्रममा भएको कुटपिटबाट किशोरी पनि घाइते भएकी छन् र उनको सिराहास्थित प्रादेशिक अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖