• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

संसद् भवनको क्यान्टिनमा लडेर एक जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वर स्थित क्यान्टिनमा काम गर्ने कामदार लडेर घाइते भएका छन् ।

आइतबार क्यान्टिन मर्मतको क्रममा एक जना कामदार क्यान्टिनमाथिको छतबाट खसेर घाइते भएका हुन् ।

लडेर घाइते भएका कामदारलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।

प्रहरी वृत्त बानेश्वरका एकजना अधिकृतका अनुसार उनी फल्स सिलिङ भाँचिएर लडेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖