• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

लुकेर महिला बाथरुममा गोप्य क्यामेरा जडान गरिरहेका पुरुष समातिएपछि…


  • धनकुटा खबर
  • .

संसारमा अचम्म अचम्मका घटना हुन्छन्।

हाम्रै छिमेकी मुलुक भारतको केरलामा एउटा यस्तै अनौठो घटना भएको छ।

नवभारत टाइम्सका अनुसार हालै केरलाको कुट्टयाडी सहरमा महिला बाथरुममा ‘हिडन क्यामेरा’ (गोप्य क्यामेरा) जडान गर्दै गर्दा एकजना पुरुष ल्याब अपरेटर समातिएका छन्।

महिला कर्मचारी बाथरुम जाँदा क्यामेरा जडान गर्दै गरेको देखेपछि मानिसहरूले ती ल्याब अपरेटरलाई निर्मम कुटपिट गरेका छन्।

उक्त व्यक्तिको नाम असलम हो, जसले अरिकारा नामक प्रयोगशाला चलाउँछन्। त्यसनजिकै प्रयोगशाला र नजिकैका अस्पतालमा काम गर्ने महिला बस्छन्।

घटना राति ९ बजेतिर भएको थियो। एक महिलाले असलमलाई आफ्नो बाथरुमको झ्यालबाहिर मोबाइल फोन लुकाएको देखेपछि अलार्म बजाएर मानिसहरूलाई बोलाएकी थिइन्।

त्यसपछि उनले कुटाइ खाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖