• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

थाइ लायन एयरको जहाज काठमाडौंमा अवतरण गर्न सकेन, १ घण्टादेखि आकाशमै घुम्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । थाइल्याण्डको बैंककबाट आएको थाइ लायन एयरको जहाज काठमाडौंमा अवतरण गर्न सकिरहेको छैन ।

१ बजेर ३४ मिनेटमा अवतरण गर्ने अनुमानित समय निर्धारण गरिरहेको भए पनि यो विमान पौने ३ बजेसम्म पनि नेपालको आकाशमै घुमिरहेको छ ।

विमान अवतरण गर्न नसक्नुको मुख्य कारण आकाशमा हावाको गति अधिक हुनु भएको बताइएको छ । उडान संख्या एसएस २२० भएको यो विमान थाइल्याण्डबाट उड्दा यो नेपालमा १ बजे नै अवतरण गर्ने अनुमान गरिएको थियो ।

नेपालको एयरस्पेसमा प्रवेश गर्दा १ बजेर ३४ मिनेटमा अवतरण गर्ने अनुमान गरिए पनि यो विमान १ घण्टाभन्दा बढी समयका लागि ओभरसुट भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖