• Wednesday 28th of October 2026

यी कांग्रेसका चार मन्त्रीले दिए राजीनामा


  • धनकुटा खबर
  • .

हेटौंडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन्।

कांग्रेसबाट मन्त्री बनेका चार जनाले संयुक्त रुपमा राजीनामा बुझाएका हुन्।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्।

बागमती सरकारमा मुख्यमन्त्री बहादुरसिंह लामासहित कांग्रेसबाट सरकारमा ८ जना सामेल रहेकोमा चार जनाले राजीनामा दिएका हुन् उनीहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएको बताएका छन्।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको बताइएको छ। ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा २४ जनाले लामाको विपक्षमा हस्ताक्षर बुझाइसकेको बताइएको छ।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेको पाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖