• Wednesday 28th of October 2026

एमालेको निर्णयपछि विद्याको पहिलो पत्रकार सम्मेलन (लाइभ)


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ । बबरमहलस्थित कार्की बैंक्वेटमा केहीबेरदेखि पत्रकार सम्मेलन सुरु भएको हो ।

एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि भण्डारीले आयोजना गरेको यो पहिलो पत्रकार सम्मेलन हो ।

पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖