• Wednesday 28th of October 2026

राजीनामा दिएको भनिएका मन्त्रीहरूलाई बहादुरले गरे ‘बर्खास्त’


  • धनकुटा खबर
  • .

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार साँझ मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले आफ्नै पार्टीबाट मन्त्री बनेकाहरुलाई पदमुक्त गरेका हुन् । आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएको बुझिएको छ ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप मन्त्रीहरुले राजीनामा दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖