काठमाडौ । रुपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाबाट उम्मेदवार बनेका डा. लेखजंग थापाले बहुविवाहबारे उठेका विवादपछि पहिलो श्रीमतीसँगको डिभोर्स भएको कागजात सार्वजनिक गरेका छन्।
उनले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा सम्बन्धविच्छेद मिलापत्र गरेको प्रमाणसहित सार्वजनिक गर्दै दुई पटक विवाह गरेको कुरा स्वीकार गरेका छन्।
पार्टीले पनि उक्त विवरण भेरिफाई गरी उम्मेदवार छनोटमा समस्या नरहेको स्पष्ट पारेको छ। लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरे नर्सिङ पेशामा छन् भने कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन्।
पार्टीका महामन्त्रीले बहुविवाह अन्त्य भएको विषयलाई अनावश्यक रूपमा उछालिएको भन्दै अहिले पनि लेखजंग र पूर्वपत्नीबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताएका छन्।
