काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ अब पूर्ण इजलासमा हुने भएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार सो रिटलाई अग्राधिकारमा राखेर पूर्ण सुनुवाइमा पठाउने आदेश गरेको हो ।