काठमाडौँ । अमेरिकाबाट थप ३७ जना नेपाली निष्कासनमा परेका छन् ।
अमेरिकी प्रशासनले निष्कासन गरेको ३७ जना नेपाली नागरिक केही दिनमा काठमाडौँ आइपुग्ने अध्यागमन विभागका एक जना अधिकृतले बताए ।
ती अधिकृत भन्छन्, ‘थप ३७ जना निष्कासनमा परेका सुचना आएको छ, उनीहरूलाई कहिले नेपाल आउँछन् भन्ने यकिन छैन ।’
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म २१५ जना नेपाली निष्कासनमा परेका छन् ।
निष्कासनमा परेका आएका मध्ये ३ जनाले अमेरिका पठाउने गिरोह विरुद्ध प्रहरीको मानव बेचबिखन ब्युरोमा जाहेरी दिएका छन् ।
