• Sunday 25th of October 2026

रास्वपाका सांसद स्वर्णिम वाग्ले ‘डिप फेक’को सिकार, साइबर ब्युरोमा उजुरी दिँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफू डिप फेकको सिकार भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका उनले आफ्नो एआईबाट आफ्नोजस्तै आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली भिडियो पोस्ट भएको बताएका हुन् ।

वाग्लेले सो कार्यको विरुद्धमा बुधवार प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

उजुरी दिन उनी भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा दिउँसो २ बजेर १५ मिनेटमा उपस्थित हुन लागेको सो पार्टीले जनाएको छ ।

केहीअघि वाग्लेको आवाजसहितको नेपाल भारत-सीमा विवादसम्बन्धी फेक भिडियोमा बाहिरिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖