• Sunday 25th of October 2026

फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन,आजैबाट बन्द


  • धनकुटा खबर
  • .

नेपालमा सूचीकरण नभएका फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल आज बिहीबारबाटै बन्द गर्न सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले मन्त्रिपरिषद् बैठकको निर्णय र सर्वोच्च अदालतको आदेश अनुसार ती सामाजिक सञ्जाल नेपालमा निष्क्रिय पार्न प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

यसअघि सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत हुन अन्तिम पटकका लागि सात दिनको समय दिएको थियो ।

मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर दिइएको उक्त समयावधि बुधबार गुज्रिएको छ ।

तर, निर्धारित समयमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्मले सूचीकरणका लागि निवेदन नदिएपछि सरकारले निष्क्रिय पार्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖