• Sunday 25th of October 2026

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति बाँस्कोटाको आपत्ति, ‘सरकारले नर्थ कोरिया पो बनाउने भएछ’


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनेर गरेको निर्णयको विरोध गरेका छन् ।

आफूले नियमनको प्रविधिको प्रवन्ध मिलाउने र कानून बनाउने भनेको पनि स्मरण गराएका छन् ।

तर, सरकारले नर्थ कोरिया (उत्तर कोरिया) बनाउने भएछ भनेर आलोचना गरेका छन् । उनले विकृतिको अन्त्य गर्न सूचनामा बिर्को लगाउने होइन भनेका छन् ।

यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सरकार उल्टो बाटोमा हिँडेको भनेर आलोचना गरेका छन् । थापाले तत्काल सोसल मिडिया बन्द गर्ने निर्णयमा पूनर्विचार गर्न भनेका छन् ।

सरकारले आज राति १२ बजेबाट लागु हुनेगरि दर्ता हुन नआएका सोसल मिडिया बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖