दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्तारुढ एमाले नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले कटाक्ष गरेका छन्।
उनले नियमनका लागि कानुन र प्रविधिको प्रबन्ध मिलाउनुपर्ने बताउँदै सरकारको कदम उत्तर कोरियाली शैलीको भएको टिप्पणी गरे।
“बिकृति अन्त्य सूचनामा विर्को लगाएर होइन,” भन्दै बास्कोटाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने चिन्ता व्यक्त गरेका छन्।
