काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।
सोमबार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
चार बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने उनले जानकारी दिए ।
बैठकले सभापति रवि लामिछानेसँगको भेटघाट कार्यक्रममा बन्देज लगाएको प्रवक्ता झाले बताए ।
