• Friday 23rd of October 2026

प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् ।

उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।

आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।

एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖