• Friday 23rd of October 2026

कांग्रेसका मन्त्रीहरू छलफलमा, सामूहिक राजीनामा दिन सक्ने


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका मन्त्रीहरू छलफलमा जुटेका छन्।

पार्टीका नेता शेखर कोइराला, महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकार छाड्न पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाइरहेका बेला मन्त्रीहरू सामूहिक छलफलमा जुटेका हुन्।

मन्त्री निवास भैंसेपाटीमा कांग्रेस मन्त्रीहरू छलफलमा छन्। कृषि मन्त्री रामनाथ अधिकारीले सोही बैठकबाट इमेल गरेर राजीनामा घोषणा गरिसकेका छन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कांग्रेसका मन्त्रीहरू छलफलमा जुटेको बताए। ‘हामी सामूहिक छलफलमा छौं, केही निर्णय लिन्छौं,’ उनले भने।

सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भने पार्टीले आज कुनै बैठक नराखेको र मन्त्रीहरूको सामूहिक राजीनामाको कुरा नआएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖