• Friday 23rd of October 2026

निवर्तमान प्रधानमन्त्री ओली भागेर दुबई पुगेको भन्दै सामाजिक सञ्जालमा झुटो हल्ला


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जालमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दुबई भागेको भन्ने हल्ला व्यापक भइरहेपनि नेपाली सेनाले यसलाई असत्य ठहर गरेको छ।

सेनाले स्पष्ट पारेको छ कि ओलीसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दुवै हाल आफ्नो नियन्त्रणमा रहेका छन्।

आम सर्वसाधारणलाई यस किसिमका अफवाहको पछि नलाग्न र शान्त रहन अनुरोध गरिएको छ। सेनाले जोड दिँदै भनेको छ, “यस्ता झुटा प्रचारले जनतालाई उत्तेजित तुल्याउन सक्छ र परिस्थिति थप बिगार्न सक्छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖