नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री भएकोमा कुलमान घिसिङलाई फेसबुकबाटै बधाई दिएका छन् ।
ऊर्जामन्त्रीको पदभार ग्रहण कार्यक्रममा उनको अनुपस्थिति देखेर अनेक अडकलबाजी भइरहेको थियो ।
हाल उनी विदेश भ्रमणको क्रममा दक्षिण कोरियामा रहेको बुझिएको छ ।