सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।
प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार ज..लाइएको छ – नेपालको नक्सा जलाइएको छ ।
देशको निशानी मेटाउन खोजिएको छ।
जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।
आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ।
