• Monday 5th of October 2026

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामा सिमित बनेको हो।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो। यो एनपीएलमा हालसम्म पहिलो इनिङ्समा बनेको सबैभन्दा कम रन थियो।

सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै ८६ रनको लक्ष्य पूरा गरे।

लुम्बिनी लायन्सका लागि ओपनर ब्याटर दिनेश अधिकारीले आक्रामक पारी खेले। उनले १३ बलमा १ चौका र ५ छक्का प्रहार गरे। डार्सी सर्ट १४ रनमा हेमन्त धामीको बलमा बोल्ड भए। तेस्रो विकेटको रूपमा रोहित कुमार पौडेल १६ रनमा क्याच भए। चौथो विकेटको रूपमा सन्दीप जोरा डकआउट भए।

निरोशन डिकवेला १६ र दिलिप नाथ १ रनमा अविजित रहँदै उपाधि जिते।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖